डीपी अर्याल बने रास्वपाको कार्यवाहक सभापति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापति तोकिएको छ । इतबार आफूविरुद्ध कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर भएपछि सभापति लामिछानेले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएका हुन् ।
‘सभापति रवि लामिछानेविरुद्ध मुद्दा अघि बढेपछि आज बसेको सचिवालय बैठकले पनि अर्याललाई जिम्मेवारी दिएको बताइएको छ । सरकारी वकिल कार्यालय कास्कीले आइतबार लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ ।
मुद्दा प्रक्रिया अघि बढेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेको सांसद पद पनि निलम्बन गर्न संसद सचिवालयलाई पत्राचार गरिसकेको छ । यद्यपी, सभामुख देवराज घिमिरले अहिलेसम्म निर्णय गरेका छैनन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE