रविलाई बयानका लागि अदालत लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लाछिानेसहितका प्रतिवादीहरुलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई बयानका लागि जिल्ला अदालत कास्की पुर्याइएको हो ।
उनीसँगै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई पनि अदालत लगिएको छ । हालसम्म छविलाल जोशीको बयान सकिएको छ भने लीला पछाईको बयान चलिरहेको छ । लीलाको बयान सकिएपछि रविको बयान सुरु हुने जिल्ला अदालत कास्कीले जनाएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरीले अनुसन्धान रिपोर्ट जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोग पत्र गत शुक्रबार र आइतबार अदालतमा दर्ता गरेको हो ।
सहकारीको १ अर्ब ५१ करोड रुपैयाँ अपचलन भएको भन्दै बिगो कायम गरिएको छ भने व्यक्ति र कम्पनी सहित ६३ जना प्रतिवादी छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE