बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

समाजवादी विचारधाराको विकासमा माओवादी नेताहरुको जोड

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अधिकांश स्थायी कमिटी सदस्यहरुले समाजवादी विचारधाराको विकास, समाजवादी अर्थ, शिक्षा, स्वास्थ्य, बजार, औद्योगिक नीतिमा जोड दिएका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले समाजवादी विचारधाराको विकास, समाजवादी अर्थ, शिक्षा, स्वास्थ्य, बजार, औद्योगिक नीतिमा जोड दिन पार्टी नेतृत्वलाई दबाब दिएको हो ।

पार्टीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्त अग्निप्रसाद सापकोटाले बैठकमा आज ३० जना स्थायी कमिटी सदस्यहरुले आफ्ना धारणा राख्नुभएको जानकारी दिए । उनले २१ गतेदेखि बस्ने केन्द्रिय समितिको बैठकलाई बढी व्यवस्थित, प्रभावकारी बनाउन जोड दिएको बताए । उनले सामसामयिक परिस्थिति, पार्टी रुपान्तरण, सरकारी क्रियाकलाप, संविधान संशोधनका बारेमा आफ्ना धारणा राखेको पनि बताए ।

उनले भने, ‘बैठक भोलि २ बजे बस्नेगरी स्थगित भएको छ । आज ३० जना स्थायी समितिका सदस्य कमरेडहरुले बोल्नुभएको छ । बोल्ने कमरेडहरुले अध्यक्ष कमरेडहरुले मौखिक रुपमा २१ गते प्रश्तुत गर्ने प्रतिवेदनको सारसंक्षेप भन्नुभएको थियो । त्यसमा २१ गतेदेखि बस्ने केन्द्रिय समितिको बैठकलाई बढी व्यवस्थित, प्रभावकारी बनाउन र सारभुत रुपमा सफल पार्न सबै कमरेडहरुले गहन, गम्भीर सुझाव दिनुभएको छ । सामसामयिक परिस्थिति, पार्टी रुपान्तरण, सरकारी क्रियाकलाप, संविधान संशोधनका बारेमा आफ्ना धारणा राख्नुभएको छ । समाजवादी विचारधाराको विकास, समाजवादी अर्थ, शिक्षा, स्वास्थ्य, बजार, औद्योगिक नीतिको बारेमा सबै कमरेडहरुले जोड दिएको छ ।’

प्रवक्ता सापकोटाले पूर्वपश्चिम लोकमार्गमा आधारित भएर र हुलाकी राजमार्गमा आधारित भएर अभियान सञ्चालन गर्नेकुरामा पनि जोड दिइएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x