बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

ओलीले अध्यादेशबाट शासन गरेको माओवादी महासचिव गुरुङको आरोप

  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशको शासन लागू गरेका छन् । सोमबार सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का पुस २६ गतेका निर्णयहरु सार्वजनिक गरे लगत्तै महासचिव गुरुङले यस्तो आरोप लगाएइका हुन् ।

महासचिव गुरुङले भने – ‘ओली नेतृत्वको कंग्रेस(एमाले सरकार, संसद छलेर अध्यादेश मार्फत केहि नेपाल ऐन संशोधन गरी शासन चलाउने अलोकतान्त्रिक मार्ग तर्फ लागिरहेको छ । संसदको हिउदे अधिवेसन बोलाउने समय भैसक्दा पनि अहिले सम्म अधिवेसन आह्वान गरिएको छैन । संसदमा दर्जनौ विधेयकहरु ४ महिना देखि दराजमा थन्किएका छन् ।’

महासचिव गुरुङले तत्काल सदन खुलाउनसमेत माग गरेका छन् । ‘त्यसैले अविलम्व सदन को हिउदे अधिवेसन आह्वान गरियोस् । जे जति ऐन कानुन निर्माण वा सशोधन गर्नु पर्ने छ, ती सबै सदनको लोकतान्त्रिक विधिबाट अगाडि बढाईयोस् । संसदको झ्याल ढोका बन्द गरेर अध्यादेसबाट सरकार चलाउने अलोकतान्त्रिक कदम बन्द गरियोस् ।’ गुरुङले भनेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x