यस वर्षको एसईई चैत ७ गतेदेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० ले शैक्षिक सत्र–२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को समय तालिका सार्वजनिक गरेको छ ।
मंगलबार सूचना जारी गर्दै बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (नियमित तथा ग्रेडवृद्धि)को समय तालिकासमेत सर्वाजनिक गरेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने बोर्डले जनाएको छ ।
एसईईको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ– अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ) अनिवार्य नेपालीको परीक्षा हुनेछ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE