बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपाल खो खो विश्वकपको उपविजेता

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडौं । खो खो विश्वकपको पहिलो संस्करणमा उपविजेतामा सिमित भएको नेपाली टोली सोमवार स्वदेश फर्किंदैछ । भारतको नयाँ दिल्लीमा भएको महिला र पुरुष दुवैको फाइनलमा नेपाली टोली भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको हो । नेपाली टोली आज साँझ स्वदेश आइपुग्नेछ ।

नेपाली टोलीलाई बाजागाजासहित भव्य स्वागत गर्ने तयारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले जनाए । राखेप सदस्यसचिव घिसिङले खेलकुद विकास नियमावली, २०७९ अनुरुप नेपाली टोलीले नगद पुरस्कार पाउने उल्लेख गरे ।

हाल पुरस्कार घोषणा लागि खेलाडी पर्खनुपर्ने अवस्था नरहेको र खेलाडीको सफलतासँगै कानूनी रूपमा नै उनीहरूले पुरस्कार पाउने व्यवस्था भइसकेको घिसिङको भनाइ छ । आईतवार भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्टेडियमा भएको फाइनलमा पुरूष टोली घरेलु टोलीसँग ५४–३६ ले पराजित भएको थियो ।

त्यसअघि महिला टोलीले पनि भारतसँग ७८–४० ले पराजित भएको थियो । नेपालको पुरुष टोली यस विश्वकपमा दोस्रो पल्ट भारतसँग पराजित भएको हो ।

लिगचरणमा पनि नेपाल भारतसँग ४२–३७ को प्रतिष्पर्धात्मक रूपमा पराजित भएको थियो । फाइनलमा भने नेपालले खासै चुनौती दिन सकेन । नेपाली महिला टोलीको अपराजित यात्रा फाइनलमा रोकिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x