अमेरिकी डलर र युरोको मूल्य बढ्यो, आज कुन विदेशी मुद्राको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंक मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज फेरिबढेको छ। यस्तै, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको पनि मूल्य बढेको छ।
केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ ८६ पैसा र बिक्रीदर एकसय ३८ रुपियाँ ४६ पैसा तोकिएको छ। एक युरोको खरिददर एक सय ४४ रुपियाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ५६ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर एक सय ७२ रुपियाँ ४३ पैसा र बिक्रीदर एक सय ७३ रुपियाँ १८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपियाँ ६७ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ ३४ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८२ पैसा र बिक्रीदर ८७ रुपियाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९३ रुपियाँ तीन पैसा र बिक्रीदर ९६ रुपियाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपियाँ ६४ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ नौ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर आठ रुपियाँ ९६ पैसा र बिक्री दर नौ रुपियाँ, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ एक पैसा र बिक्रीदर १९ रुपियाँ नौ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ७५ पैसा र बिक्रीदर ३६ रुपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८१ पैसा र बिक्रीदर ३७ रुपियाँ ९८ पैसा कायम भएको छ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५३ पैसा र बिक्रीदर ३७ रुपियाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४९ पैसा र बिक्रीदर ३१ रुपियाँ ६२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६३ पैसा र बिक्रीदर नौ रुपियाँ ६७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५९ पैसा र बिक्रीदर १२ रुपियाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४२ पैसा र बिक्री दर १९ रुपियाँ ५१ पैसा तोकिएको छ। राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE