आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । कारोबार साताको अघिल्लो अन्तिम दिन शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको मूल्य तोलाको १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घढेको छ । चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE