शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

शहीदका अधुरा सपना पूरा गर्नुपर्नेछः सभामुख घिमिरे

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले शहीदहरुको अधुरो सपना पूरा गर्नुपर्ने चुनौति रहेको बताएका छन् । बुधवार काठमाडौंमा सुखानी आन्दोलनका शहीदहरुको तस्बिर अंकित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक उद्देश्यमा एउटा सफलता नेपालले प्राप्त गरेको भएपनि समाजलाई दिनुपर्ने सुविधा, सहुलियत र जीवनलाई, शासन प्रणालीलाई स्वस्थ ढंगबाट अगाडि लैजाने कुरामा चुनौतिहरु देखिएको बताए । शहीदहरुको बलिदानलाई खेर जान दिनु नहुने बताए । शहीदहरुको अधुरो सपना साकार पार्न अहिलेका पिंढीले काम गर्नुपर्ने बताए ।

सभामुख घिमिरेले भने, ‘राजनीतिक उद्देश्यमा एउटा सफलता नेपालले प्राप्त गर्‍यो । शहीदहरुको बलिदानले त्यो प्राप्त गर्‍यो । तर यसले दिनुपर्ने अन्य समाजलाई सुविधा, सहुलियत र जीवनलाई, शासन प्रणालीलाई स्वस्थ ढंगबाट अगाडि जाने, प्रतिष्पर्धा लैजाने लगायतका धेरै कुराहरुमा चुनौतिहरु देखा परिरहेका छन् । शहीदहरुको अधुरो सपना साकार गर्ने यो पिंढीले कामहरु गर्न सकोस् ।’

सुखानी आन्दोलनका शहीदहरु स्व. रामनाथ दाहाल, स्व. नेत्र घिमिरे, स्व।वीरेन राजवंशी, स्व।कृष्ण कुईंकेल, स्व. नारायणप्रसाद श्रेष्ठ, नारदमुनि थुलुङ र चिनियाँलाल सिंहको तस्बिर अंकित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा लगाइएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x