नेपाल छैटौँ एशियन महिला कबड्डी च्याम्पियनशिपको सेमिफाइनलमा

काठमाडौं । इरानको तेहरानमा भइरहेको छैटौँ एशियन महिला कबड्डी च्याम्पियनशिपमा नेपाल सेमिफाइनलमा पुगेको छ ।
नेपालले आफ्नो पहिलो खेलमा हिजो इराकलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।
समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले ६८–६ अंकले इराकलाई पराजित गरेको हो । समूह ‘बी’ मा नेपाल, इराक र इरान गरी तीन वटा टोली छन् ।
नेपाले दोस्रो खेलमा आज इरानसँग खेल्ने छ । प्रतियोगिताको समूह ‘ए’ मा भने भारत, बङ्गलादेश,थाइल्याण्ड र मलेसिया गरी चार राष्ट्र छन् ।
सन् २००५ मा शुरू भएको एशियन च्याम्पियनशिपको ५ संस्करणमा भारत ४ पटक र दक्षिण कोरिया एक पटक च्याम्पियन भएका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE