बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आजको मौसम, चारवटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार केही क्षेत्रमा हिमपात पनि हुनेछ ।

विभागले बिहान पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

आज दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

वर्षा र हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपाय अपनाउन विभागको आग्रह छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x