मधेसका महिलाहरुलाई अवसर दिन जरुरीः उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले मधेसका महिलाहरुलाई अवसर दिन जरुरी रहेको बताएकी छन् । बिहीवार काठमाडौंमा मधेसी आयोगको छैटौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले मधेसका हरेक महिलालाई अवसरको खाँचो रहेको बताइन् । उनले जातिय कुराले मधेसमा केही समस्या बढाइरहेको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको उल्लेख गरिन् । उनले मधेसमा छिटै विवाह गर्ने परम्परा रहेकाले त्यसलाई तोडेर आफ्नै खुट्टामा उभिनसक्ने भएपछि विवाह गर्नुपर्ने बताइन् । जातिको कुरा गर्नेलाई दण्ड दिनुपर्ने बताइन् ।
उपसभामुख रानाले भनिन्, ‘आज मधेसका हरेक महिलालाई अपच्र्युनिटी दिनुपर्छ । अहिले पनि जातिय कुराले हामीलाई समस्या पारेको छ । मधेसमा जातको कारणले गर्दा मधेसमा छिटै बिहे गर्ने चलन छ । अहिले क्रिमिनलाइज भयो भन्ने छ । क्रिमिनलाइज हुन दिनु भएन । जसले जातिको कुरा गर्दछ, उसलाई दण्ड दिनुपर्छ । राम्रोसँग आयोगले, पुलिस प्रशासनले राम्रोसँग केयर गर्नुपर्छ ।’
उपसभामुख रानाले मानवतामा प्रश्न चिन्ह आउने कुराहरु तोड्न जरुरी रहेको बताइन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE