बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभामा अत्मनिर्भर अर्थतन्त्रदेखि समृद्धीसम्मको चर्चा

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मनिर्भर अर्थतन्त्रदेखि समृद्धिसम्मको चर्चा गरेका छन् । बिहीवार नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा उहाँले मुलुकलाई आत्मनिर्भर बनाउँदै समृद्धिको ढोकासम्म पुर्‍याउन जरुरी रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको लगानीलाई सरकारले सुरक्षण गर्ने बताए । उद्योग, व्यवसायमा निजी क्षेत्रले गरेको लगानी राष्ट्रको सम्पतीमा गणना हुने भएकाले सरकारले निजी क्षेत्रको लगानीलाई सुरक्षण गर्ने बताए । कृषि जीविकामुखी भनिएपनि अहिले अहिलेको कृषि प्रणालीबाट जिविका पनि नचलेको बताउँदै परम्परागत शैलीहरुमा फेरबदल आउनुपर्ने ओलीले बताए ।

कानूनहरु मन्त्री र सचिवहरुलाई नभइ किसानलाई चाहिएको प्रधानमन्त्रीले बताए । उनकाअनुसार उत्पादन बढाउने कानून आवश्यक छ । कृषि जीविकामुखी भनिएपनि अहिले अहिलेको कृषि प्रणालीबाट जीविका पनि नचलेको बताए । पहिले एउटा परिवार उत्पादनको युनिट हुने गरेको बताउँदै ओलीले त्यो परिस्थीति नै समाप्त भएको बताए ।

प्रधानमन्त्री ओलीले भने– ‘निजी क्षेत्रले सिर्जना गरेका रोजगारीहरु राष्ट्रका रोजगारीमा गणना गरिन्छन् । निजी क्षेत्रले जुन उत्पादन गर्छ, त्यो राष्ट्रको उत्पादनमा गणना हुन्छ । त्यसकारण हाम्रा प्रयासहरु राष्ट्रिय हुनुपर्छ । उपलव्धि पनि राष्ट्रिय हुनेछन् । त्यसका लागि संयोजन, प्रोटेक्सन सरकारले गर्ने हो । यसबारे सरकार सुदृढ प्रतिवद्धता जनाउछ । कानून मन्त्री, सचिवहरुलाई चाहिएको नभएर किसानलाई चाहिएको होइन, कृषकलाई हो । उत्पादन बढाउने कानून आवश्यक छ । कृषि जीविकामुखी भनिएपनि अहिलेको कृषि प्रणालीबाट जिविका पनि चलेको छैन । पहिले एउटा परिवार उत्पादनको युनिट हुने गरेको थियो । अहिले त्यो परिस्थीति नै समाप्त भएको छ ।’

प्रधानमन्त्री ओलीकाअनुसार अब डिपार्टमेन्ट बढी चल्न थालेका छन् । सटरहरु चल्न छाडेका छन् ।

उनले भने– ‘अब डिपार्टमेन्ट बढी चल्छ, सटरहरु चल्दैनन् । मान्छेहरु सटरमा गयो भने कति ओटा सटरहरु घुम्ने एउटा चिज लिनका लागि । फेरि भनेजस्तो छानीछानी लिन पनि नपाइने । त्यहाँ जस्तो छ, त्यस्तै मात्र लिनुपर्ने । डिपार्टमेण्ट स्टोरहरुमा गयो भने त्यहाँ छानीछानी भनेजस्तो अनेकप्रकारका चिजहरु लिन पाइने । एक ठाउँमा गएपछि सबै कुरा पाइने । सबैकुरा सिस्टमेटिक हुने भएकाले मान्छे त्यता लाग्छन् ।’

अब समूह र ठूला प्रयासहरुबाट मात्रै कृषिमा अघि बढ्न सकिने अवस्था आएको उनको भनाई छ । सहकारीमा जोडिएर ठूलो खेती, ठूलो उत्पादनमा जानैपर्ने र त्यसरी उत्पादन बढाएर मुलुकको परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भरतर्फ लैजान सकिने उनले बताए ।

अहिलेका ढाँचा, शैलीहरु फेरिन जरुरी रहेको प्रधानमन्त्री ओलीले बताए । उनकाअनुसार कानूनका ढाँचादेखि व्यवहारसम्मै परिवर्तन गर्न जरुरी छ । सरकारी प्रयासहरु समेत परिवर्तन गरेर जानुपर्छ ।

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल विकास कम्पनी लिमिटेड शुरुआत गरेकोमा प्रधानमन्त्रीले प्रशंसा समेत गरे । प्रधानमन्त्री ओलीकाअनुसार नयाँ—नयाँ उद्योगहरु स्थापना गरेर आयातलाई घटाउन र अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ लैजानुपर्छ । स्वभाविक रुपमा ठूलो मात्रमा उत्पादन हुनसक्यो भने निर्यात वृद्धि हुने, निर्यात बढ्न थालेपछि प्रतिष्पर्धी क्षमता बढ्न थाल्ने नेपालीले राष्ट्रिय गौरव, स्वाभिमान गर्न पाउने अवस्था बन्ने प्रधानमन्त्री ओलीको बुझाइ रहेको छ ।

प्रधानमन्त्री ओलीकाअनुसार बिहान उठ्ने बित्तिकै नेपालमै बनेको दन्तमञ्जन लगाउने, नेपाली साबुनले हात धुने, नेपाली साबुन, स्याम्फुले नुहाएर सफा बन्ने वातावरण बन्नुपर्छ ।

उनले भने– ‘घन पिटिपिट फालि पनि बनाउन सक्ने, करुवा, भाँडाकुडा अरु केके बनाउन हामीले जान्यौं, तर सजिलासजिला कुरा बनाउन सकेनौं । प्रविधितिर ध्यान नदिने, प्रविधिको विकास नगर्ने प्रवृत्ति देखियो । अब आफैँले प्रविधि विकास गर्नुपर्छ । अब हामी प्रविधि हस्तान्तरणको कुरा गर्दैछौं । अब आफैँले प्रविधिको विकास गर्दै जाऔं । आफैँले विकास गर्छु भनेर मात्रै नरोकियौं । हामीले प्रविधि आयात पनि गर्नपर्ने हुनसक्छ । किनभने आज ग्लोबलराइज जमना हो । जतिबेला आफैँ प्रविधिको विकास गनुपथ्र्यो । त्यतिबेला हामी गर्न चुक्यौं । अब गर्दै पनि जानुपर्छ तर मुख्यरुपमा ट्रान्सफरको जमानामा छौं भन्ने बुझ्नुपर्छ । हरेक उत्पादन, सेवा सुविधामा प्रविधिको प्रयोग गर्नुपर्छ । आज प्रविधिको जमाना हो । आज सूचना प्रविधिमा हामी निकै ध्यान दिन खोजिरहेका छौं । तर उत्पादन प्रविधिमा त्यति ध्यान दिन सकेका छैनौं । अरु ट्रेक्नोलोजिको उत्तिकै महत्व छ ।’

उनले कृषि प्रविधिमा सबैभन्दा धेरै ध्यान दिन जरुरी रहेको बताए । कृषिमा आत्मनिर्भर हुन नसक्ने देशलाई गन्तव्य मुलुकमा कुनै असहज स्थिति पैदा भए कुनैपनि बेला भोकै मर्नुपर्ने अवस्था आउने प्रधानमन्त्री ओलीले बताए । उनकाअनुसार नेपालजस्तो सबै सम्भावना भएको देशमा त्यस्तो स्थिति निम्ताउन हुँदैन । शुद्ध, अर्गानिक, पौष्टिक, सन्तुलित आहार हरेकले पाउने ग्यारेन्टी भए पहिलो समृद्धी त्यही रहने बताउनु भयो । त्यसपछि आधारभुत आवश्यकताको परिपूर्ति गर्न गाह्रो नहुने र त्यसबाट बचत हुने स्थितिमा मुलुकलाई पुर्‍याउन जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीकाअनुसार समाजको सानो हिस्सा मात्रै वचतको स्थीतिमा छ । बाँकी ऋणात्मक स्थितिमा, आफ्नो वचतले घर नचल्ने स्थीतिमा रहेकाले देश समृद्धि कसरी हुन्छ भन्दै उनले प्रश्न गरे । हरेक नागरिकलाई वचतको स्थितिमा पु¥यायो भने मात्रै देश स्वतः समृद्ध हुने उनको भनाई छ । उनकाअनुसार खेतीमा पनि बढि आम्दानी दिनेतर्फ सिफ्ट हुन जरुरी छ ।

प्रधनमन्त्री ओलीले एकद्वार प्रणालीलाई कडाइकासाथ पालना गर्न र गराउन सरकार प्रतिवद्ध रहेको बताए । अघिल्लो पटक प्रधानमन्त्री हुँदा डिजिटल नेपालको अवधारणा आफूले ल्याएको बताउँदै ओलीले अहिले सरकारले त्यसलाई कार्यान्वयनमा लगेको बताए । उनकाअनुसार नागरिक एपहरुलाई सरकारले प्रभावकारी रुपमा कार्यान्वयन गर्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x