बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैनः सांसद कोईराला

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन नसक्ने बताएका छन् । विपी कोईराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमवार काठमाडौंमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा वीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

सांसद कोईरालाले आईतवार सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीय मात्रै नभएर घृणित भएको बताए । उनले यस्ता कार्यहरू काँग्रेसले सहन नसक्ने बताए । उनले एमालेसँग सहकार्य गरेर सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई आफूले भन्नु केही नभएको बताउँदै सरकार बाहिर रहेकाहरूले गलत र कमी,कमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्नुपर्ने बताए । उनले कार्यकर्ताहरूलाई सरकारले गरेका गलत र कमीकमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्न सुझाव दिँदै त्यसको लागि आफूले शाहस दिने जिकिर गरे ।

उनले भने, “शिक्षकहरूमाथि जुन बर्बरता हिजो सरकारले ग¥यो, त्यो निन्दनीय मात्रै छैन, घृणित पनि छ । यो नेपाली काँग्रेस जस्तो पार्टीले सहन सक्दैन । त्यस कारण मैले भन्ने गरेको छु, सरकारमा बस्ने हाम्रा साथीहरू जो हुनुहुन्छ, उहाँहरूले सहकार्य गरेर जानुहोस् एमालेसँग त्यसमा मलाई केही भन्नु छैन । तपाईं हामीहरू जो बाहिर छौँ, हामीले यो सरकारले गरेका गलत र कमीकमजोरीहरूलाई औँला उठाएर भन्ने आँट तपाईँहरूले गर्नुपर्छ, तपाईंहरूलाई शाहस दिन म छु ।”

उनले अब पार्टीको लागि मात्रै नभएर राष्ट्रका निम्ति आवाज बुलन्द गर्नुपर्नेमा जोड दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x