बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

तेस्रो पटक राष्ट्रपति चुनाव लड्ने विचार गरिरहेको कुरा ट्रम्पद्वारा अस्वीकार

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो पटक राष्ट्रपति चुनाव लड्ने विचार गरिरहेको कुरा अस्वीकार गरेका छन् । आइतबार प्रसारित एक अन्तरवार्तामा उनले आफू दुई कार्यकालका लागि आठ वर्षको राष्ट्रपति भएको बताए ।

७८ वर्षीय ट्रम्पले अब अर्को कार्यकालमा रुचि नभएको बताएका हुन् । ट्रम्पले आफूले तेस्राको कार्यकालको इच्छा नराखेको प्रष्ट पारेका हुन् । यसअघि उनले आफू तेस्रो कार्यकालमा लागि पनि तयार रहेको कुरा जोक मात्र नभएर चौथो कार्यकालसम्म पनि पुग्न सक्ने बताएका थिए ।

फ्लोरिडामा उनको निवासमा नै लिइएको अन्तरवार्तामा ट्रम्पले धेरै जना व्यक्ति अझै उनलाई तेस्रो कार्यकालका लागि अनुरोध गर्न आइरहेको भने खुलासा गरेका छन । उनले रिपब्लिकमा नै आफ्नो उत्तराधिकारीको खोजी गर्न थालेका छन ्। उपराष्ट्रपति जेडी भान्स र विदेश मन्त्री मार्क रुबियो मुख्य दाबेदारको रूपमा रहेका छन् ।

संविधानको २२ औं संशोधनले कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी राष्ट्रपति हुन नपाउने उल्लेख छ । ट्रम्पका धेरै समर्थक भने संविधानमा नै छिद्र भएका कारण कानुनी बहसको विषय बनाउन सकिने बताउँछन्। तर ट्रम्पले यो विषय प्राथमिकतामा नरहेको प्रष्ट पारेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x