बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

दमौलीको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गए राति करिब साढे ११ बजे उक्त जिप दुर्घटनामा परेको हो । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको उक्त जिप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका– ५ का कुशल मगर, प्रविन मगर र कुमार मगर रहेका छन् । त्यस्तै, दुर्घटनामा परेर चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन् । घाइतेमध्ये रौनिहारलाई दमौली अस्पतालमा प्राथमिक उपचार गरेर पोखरा रिफर गरिएको छ ।

त्यस्तै, चालक गुट्टाको दमौली अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपमा पाँच जना यात्रु सवार थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x