नैतिक चरित्रमा प्रश्न उठेपछि माओवादी मधेश प्रदेश संसदीय दलका नेता साहले दिए राजीनामा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् । मधेस प्रदेशका पूर्वमन्त्रीसमेत रहेका उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार राजीनामा पत्र बुझाएका हुन् ।
साहमाथि नैतिक चरित्र (यौन विचलन) सम्बन्धी गम्भीर आरोप लागेपछि राजीनामाको दबाब पर्दै आएको थियो । माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सांसद् र पार्टीका नेताहरुले उनलाई राजीनामा दिन दबाब दिए पनि साहले त्यसलाई अस्वीकार गर्दै आएका थिए । तर, पार्टीमाथि दबाब बढ्दै गएपछि प्रचण्डले नै उनलाई राजीनामाको लागि निर्देशन दिएका थिए ।
महोत्तरी क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख बाट निर्वाचित साहले संसदीय दलको नेताबाट राजीनामा दिएपछि अब मधेस प्रदेशसभामा माओवादी संसदीय दलको नेता बन्न सांसदहरुबीच दौडधुप सुरु भएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE