सस्तो हवाई सेवा दिने साउदी अरबको घोषणा

काठमाडौं । साउदी अरेबियाले सस्तो हवाई सेवा दिने नयाँ राष्ट्रिय एयरलाइन्स सुरु गर्ने घोषणा गरेको छ ।
यो एयरलाइन्सले सन् २०३० सम्ममा ४५ वटा विमान प्रयोगमा ल्याउनेछ । संयुक्त अरब इमिरेट्सको एयर अरेबिया लगायत तीन कम्पनीहरूको समूहले यो एयरलाइन्स सञ्चालनको जिम्मा पाएको जनाइएको छ ।
नयाँ एयरलाइन्सले साउदीको दमाम सहरस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलबाट देशभित्र र विदेशमा उडान भर्नेछ । यसले २४ वटा साउदी सहर र ५७ वटा विदेशी गन्तव्यमा सेवा दिनेछ ।
हरेक वर्ष करिब १ करोड यात्रुलाई सेवा दिने लक्ष्य लिइएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE