वैशाखदेखि हालसम्म तीन हजार ६८१ विपदका घटना,२४३ जनाको मृत्यु
काठमडौं । वैशाखदेखि हालसम्म विपद्मा परेर २४३ जनाको ज्यान गएको छ । भने ८६९ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यस्तै, २४ जना बेपत्ता भएका छन् । तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएका छन् ।
पाँच महिनाको अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका प्राधिकरणले जनाएको छ । एक हजार २९५ वटा आगलागीका घटना हुँदा २३ जानको मृत्यु भएको छ भने १७७ जना घाइते भएका छन्। आगलागीमा परेर एक हजार ४११ घरपरिवार प्रभावित भएका छन् । बाढीको २६३ घटना हुँदा २९ को मुत्यु भएको छ । बाढीमा परेर २३ बेपत्ता, १४ घाइते हुँदा एक हजार ८६१ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै ४६३ वटा पहिरोका घटना यसबीचमा भएका छन् ।
पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ भने ४१ घाइते भएका छन्।यसैगरी भारी वर्षाका मात्रै ३४० घटना यसबीचमा भएका छन्। त्यसमा परेर छ जनाको ज्यान जाँदा १४ घाइते भएका छन् भने ८११ परिवार प्रभावित भएका छन् । यो अवधिमा २९० वटा चट्याङका घटना दर्ता भएका छन् ।
विपदबाट जोगिन पूर्वसावधानी, सचेतना अभियान सञ्चालन गरिएको पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाइएको प्राधिकरणले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE