शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

देश निर्वाचनमय बनेको छ, तोकिएकै समयमा निर्वाचन हुन्छः मन्त्री घिसिङ

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देश निर्वाचनमय बनेको बताएका छन् । राष्ट्रिय युवा परिषदले बुधवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन ।

उनले सबै शक्तिले निर्वाचनमा भाग लिने भनेर आएकाले तोकिएकै समयमा निर्वाचन हुने बताए । उनले तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा समेत जोड दिए । उनले निर्वाचनमा वुद्धि विवेक पु¥याएर नेतृत्व छान्न समेत आग्रह गरे ।

निर्वाचनको समयमा वुद्धि विवेक नपु¥याउने र पछि केही भएन भन्ने प्रवृत्ति त्याग्नुपर्ने उनको भनाई छ । उनले निर्वाचनमा सही र युवा नेतृत्व चयन गर्न आग्रह गरे ।

उनले भने, ‘अहिले देश निर्वाचनमय बनेको छ । सबैजनाले इलेक्शनमा भाग लिन्छु भनेर आएको छ, यो सबभन्दा खुशीको विषय हो । अब इलेक्शन हुनुपर्छ । कुनैपनि हालतमा नेपालमा तोकिएको समयमा इलेक्शन हुन्छ, हुनुपर्छ । यो समय अब सबैले आफ्नो बुद्धि विवेक लगाउने समय हो ।

जुन बेला बुद्धि विवेक लगाउने समय आउँछ, त्यसबाट हामी पछाडी हट्ने र त्यो समय अवसर गुमेपछि अनि बोल्दै हिड्ने यो पनि भएन यो गरेन भन्ने होईन । अब विवेक लगाउनुस् । सही लिडरसिप सेलेक्सन तपाईहरुले गर्नुस् । त्यो सबैभन्दा महत्वपूर्ण समय अहिले आएको छ ।

त्यो समयलाई सदुपयोग गर्नुस्, सहि व्यक्तित्व, नयाँ लिडरसीप, योङ लिडरसीपहरु जसले देशलाई परिवर्तन गर्नसक्छ, देशलाई एउटा नयाँ दिशा दिनसक्छ, त्यस्ता व्यक्तित्वहरुलाई छान्ने,चुन्ने काम तपाईंहरुले गर्नुहोला ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x