म्यानमारमा आम निर्वाचन शुरु
म्यानमारमा बहुदलीय लोकतान्त्रिक निर्वाचनको पहिलो चरण आईतवारदेखि शुरु भएको छ ।
पहिलो चरणको मतदानसँगै २०२५ को बहुदलीय लोकतान्त्रिक आम निर्वाचन शुरु भएको हो । यो निर्वाचन तीन चरणमा सम्पन्न हुने तालिका रहेको छ । जस अनुसार दोस्रो चरण २०२६ जनवरी ११ र तेस्रो चरण २०२६ जनवरी २५ मा हुनेछ । यस निर्वाचनमा ५७ राजनीतिक दलका करिव ५ हजार उम्मेदवारहरूले देशभरका ६ सय ९२ निर्वाचन क्षेत्रहरूमा प्रतिष्पर्धा गरिरहेका छन् । यसले संघीय संसदका दुवै सदन र राज्य तथा क्षेत्रीय संसदहरूका लागि प्रतिनिधिहरू चयन गर्नेछ । निर्वाचित संघीय संसदले नयाँ राष्ट्रपति चयन गर्नेछ । जसले आगामी नयाँ संघीय सरकार गठन गर्नेछ । निर्वाचन आयोगका अनुसार मतदानका लागि देशभर कुल २१ हजार ५ सय १७ मतदान केन्द्रहरू स्थापना गरिएका छन् ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE