मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

पार्टीभित्रको विवादबारे कांग्रेस सभापति देउवाले आफू निकटका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । पार्टी भित्रको बढ्दो विवादकाबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन् । सभापति देउवा निवास महाराजगञ्जमा छलफल गर्ने गरी आफू निकटका वर्तमान र पूर्व पदाधिकारीहरुलाई बोलाएका हुन् ।

अहिले केहीबेरमा बस्न लागेको बैठकमा पार्टीभित्रको विवादका विषयमा छलफल हुनेछ । विशेष महाधिवेशन गर्ने एक पक्षको तयारी र विशेष महाधिवेशन हुन नसक्ने संस्थापनको अडानले पार्टीभित्र विवाद छ । कार्यसम्पादन समितिले चुनावपछि नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विधान अनुसार माग भएको विशेष महाधिवेशन हुनुपर्ने अडानसहित तयारी गरिरहेका छन् । कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ । विशेष महाधिवेशन पक्षधर भने यही महिनाको अन्तिम साता विशेष महाधिवेशन गराउने पक्षमा छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x