अमीर बाबु गुरुङ्ग सहित जिल्ला अध्यक्ष खड्का नेकपामा
ओखलढुंगा । एमालेका पूर्व भौतिक विकास मन्त्री अमीर बाबु गुरुङ्ग सहित ओखलढुङ्गाका एमालेका पूर्व जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्काले पार्टी परित्याग गरेका छन् ।
आज काठमाडौंमा आयोजित नेकपाको समायोजन कार्यक्रममा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का लगाएत उपाध्यक्ष कमल न्यौपाने,सचिव अशोक थापा,उपसचिव राजीव कटुवालसहितको टिम नेकपामा प्रवेश गरेका हुन । ओखलढुङ्गामा नेकपा एमालेकोतफबाट चुनाब जितेर नेता गुरुङ्ग २०७४ सालमा भौतिक विकास मन्त्री समेत भएका थिए । २०८२ मा पनि प्रतिनिधि सभाको टिकट दाबी गरेका अम्बिरबाबु गुरुङलाई टिकट नदिएर केन्द्रीय सदस्य अस्मिता थापालाई उम्मेदवार बनाएपछि उनीहरु असन्तुष्ट भएका हुन । गुरुङ नेकपामा गएर उम्मेदवार समेत बनेका छन् । ओखलढुङ्गाका एमालेमा जिल्ला अध्धयक्ष समेत रहेका ज्ञानबहादुर खड्कले पनि पार्टी परित्याग गरेका छन् । अध्धयक्ष खड्का २०७४ मा सुनकोशी गाउपालिकाबाट र २०७९ मा प्रदेश १ को खबाट माननियमा समेत उठेका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE