शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

मेरो प्राथमिकता मानसिक स्वास्थ्य र वैदेशिक रोजगारीमा गएका नागरिकको स्वास्थ्य होः मन्त्री गौतम

काठमाडौं। अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा। सुधा गौतमले आफू मन्त्री हुँदासम्म मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिने बताएकी छिन्।

बिहीवार काठमाडौंमा आयोजित ६४ औं वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाएर आफू अघि बढिरहेको बताइन्। वैदेशिक रोजगारमा गएका नेपालीको स्वास्थ्य, मातृशिशु मृत्युदरका कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिने उल्लेख गरिन् । उनले प्रणालीको सुधार पनि आफ्नो मुख्य प्राथमिकता रहने जिकिर गरिन् । मन्त्री गौतमले बीमा कार्यक्रम, औषधि नियमन, खरिद विक्रीमा र आपूर्तिको विषय सुदृढ बनाउने आफ्ने लक्ष्य रहेको बताइन् ।

उनले भनिन्, ‘मानसिक स्वास्थ्यलाई प्रमुख विषय बनाएको थिएँ । हाम्रो देशबाट वैदेशिक रोजगारामा हजाराँै जानुहुन्छ । उहाँहरुको स्वास्थ्यको बारेमा पनि फोकस गर्नैपर्छ भन्ने थियो । महिलाहरुको बारेमा महिलाले नबोले कसले बोल्छ चार वटा प्रदेशमा मातृशिशु मृत्युदर अति उच्च छ, ति चार प्रदेशमा एग्रेसिप रुपमा मातृशिशु मृत्युदरको कार्यक्रम लैजानुपर्छ भन्ने मेरो प्राथमिकता थियो । सिस्टमको सुधार पनि प्राथमिकताको विषय थियो । राम्रो गर्ने सन्दर्भमा जहाँ कमजोरी देखिएको थियो, बीमा कार्यक्रममा, औषधि नियमन, खरिद विक्रीमा र आपूर्तिको विषय सुदृढ गर्छु भन्ने थियो ।’

मन्त्री गौतमले जीवनको हरेक चरणमा आफूले आफूलाई प्रमाणित गर्दै लैजानुपर्ने बताइन् । नर्सिङ एशोसिएशन नर्सहरुको हक हीतको लागि भएको बताइन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x