रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
काठमाडाैं । रौतहट क्षेत्र नम्बर २ मा बिहीबार भएको चार वर्षीया बालिका मृत्यु घटनामा जोडिएका सवारी चालकविरुद्ध ५ दिन म्याद थप भएको छ ।
बालिकालाई ठक्कर दिने बा १५ च ४२४४ नम्बरका कार चालक परोहा नगरपालिका–३ घर भएका २७ वर्षीय शेख मुस्ताखविरुद्ध पाँच दिनको म्याद थप भएको रौतहट प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी विष्णु प्रदीप बस्यालले अदालतले ५ दिन हिरासत राखेर अनुसन्धान गर्न म्याद लिएको जानकारी दिए । एकातिर बालिकालाई किचेर मारिएको घटना छ भने अर्कातिर उम्मेदवार र उनको पार्टी वक्तब्यबाजीमा ब्यस्त छ्न् ।
बिहीबार दिउँसो २ बजेतिर रौतहटको इशनाथ नगरपालिका–३ मठिया टोलमा चार वर्षीया बालिका अल्फा खातुनलाई गाडीले किच्दा उनको ज्यान गएको थियो । उक्त कार राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरको नाममा रहेको पाइएको छ । उनकै चुनावी प्रचारमा खटिएका बेला दुर्घटना भएको थियो । घटनापछि स्थानीय आक्रोशित बनेका छ्न् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE