राप्रपा नेताद्वय मिश्र र राणालाई थुन्न पाँच दिनको म्याद थप
काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र आन्दोलन परिचालन समितिका संयोजक धवल शमशेर राणालाई हिराशतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको अनुमति दिएको छ । शुक्रबार राति पक्राउ परेका उनीहरुलाई आइतबार अदालतमा पेस गरिएकोमा पाँच दिन थुनेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने क्रममा उपस्थित कार्यकर्ताहरुलाई उत्तेजक अभिव्यक्ति दिएर भड्काएको आरोप उनीहरुमाथि छ । उक्त प्रदर्शनको क्रममा दुई जनाले ज्यान गुमाएका छन् ।
प्रहरीको गोली लागेका काठमाडौंको कीर्तिपुरका सबिन महर्जन र एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेस रजकको आगोमा जलेर निधन भएको थियो । उक्त आन्दोलनमा सहभागी आन्दोलनका प्रवक्ता स्वागत नेपाल भने सामान्य हाजिरी जमानीमा छुटिसकेका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE