मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि

काठमाडौं। साबिक विजेता बंगलादेशलाई ४ (० ले पराजित गर्दै भारतले साफ यू (१९ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा भारतले चामत्कारिक खेल प्रदर्शन गर्दै उमेर समूहमा तेस्रोपल्ट उपाधि हात पारेको हो ।पहिलो हाफमा एक गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा ३ गोल थप्दै गोल अन्तर फराकिलो बनायो ।

यसअघि बंगलादेशले लिग चरणमा भुटानलाई १२(०, भारतलाई २(० र नेपाललाई ४(० ले हराएर ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो ।भारतले भने नेपाललाई १(० र भुटानलाई ८(० ले हराएर ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो ।महिला उमेर समूहमा यसअघि बंगलादेश तीनपल्ट च्याम्पियन बनेको छ । यसअघि दुईपल्ट फाइनल प्रवेश गरेको नेपाल यसपल्ट भने लिग चरणबाटै बाहिरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x