सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

मेघगर्जन/चट्याङसहित वर्षाको पूर्वानुमान

काठमाडौं । देशका थोरै स्थानमा शनिबार (फागुन २३) वर्षारहिमपातको पूर्वानुमान छ । यस दिन दिउँसो पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ,” महाशाखाले शनिबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

बाँकी भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ । “तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ,” महाशाखाले भनेको छ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणालीको आंशिक प्रभाव छ । नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव भएको महाशाखाले जनाएको छ ।

यस दिन राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा पनि साधारणतया बादल लाग्ने महाशाखाको पूर्वानुमान छ ।

“बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ, “तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ ।”

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x