सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

दाङ २ मा रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन् । फराकिलो मतान्तरसहित उनी सांसद निर्वाचित भएका हुन् ।

शनिबार दिउँसो सार्वजनिक अन्तिम मतपरिणामानुसार आचार्यले ४३ हजार ५५७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का महासचिव शंकर पोखरेलले १५ हजार २८२ मत ल्याए । उनीहरूबीचको मतान्तर २८ हजार २७५ रह्यो ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार किरणकिशोर घिमिरेले ११ हजार ५०९ मत पाए । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का उमेदवार निर्मल आचार्यले सात हजार ८० मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दाङ–२ मा कुल ८० हजार ९२० मत खसेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x