सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

नवलपरासीमा हावाहुरीसहित वर्षा

काठमाडौँ । पूर्वी र पश्चिम नवलपरासीमा हावाहुरीसहित वर्षा भएको छ। दिउँसो नै आकास अँध्यारो भएर वर्षा भएको हो। हावाहुरी चलेको कारण सर्वसाधारण घरभित्र नै बसेका छ्न् ।

केही स्थानमा असिनासहितको वर्षाले तरकारी र खेतीमा क्षति पुर्याएको खबर छ । मौसम विभागले वर्षा र हावाहुरी आउने सूचना जारी गरेपछि सर्वसाधारण अत्यावश्यक कामबाहेक बाहिर निस्किएका थिएनन् ।

दिउँसो १ बजेसम्म मौसम सफा भए पनि एक्कासी हावहुरी र वर्षा भएको हो । वर्षाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा सडक हिलाम्य भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x