सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्दैछ ।

ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

कांग्रेस सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुने छन् ।

यसअघि गत शुक्रबारबाट सुरू भएको बैठकमा उनी अनुपस्थित थिए । आइतबार सम्पन्न बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकृत गरेको थियो ।

निर्वाचनमा पार्टीले बेहोरेको लज्जास्पद पराजयपछि दिएको राजीनामा अस्वीकृत भएपछि थापाले फेरि कार्यसमिति बैठक बोलाएका हुन् ।

बैठकमा निर्वाचनको समीक्षा र पार्टीको १५औं महाधिवेशनबारे छलफल हुने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x