सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

सुर्खेतमा सार्वजनिक यातायात बन्द, यात्रुलाई सास्ती

काठमाडौं । यातायात व्यवसायीले जिल्लाभर सार्वजनिक याताताय बन्द गर्दा यात्रुले सास्ती भोगेका छन् । शुक्रबार बिहानदेखि सवारीसाधन बन्दका कारण कैयौँ यात्रु अलपत्र परेका छन् ।

प्रहरीले रातो प्लेटका सवारीसाधनमाथि कडाइ नगरी उल्टै सार्वजनिक सवारीका मजदुरमाथि धरपकड गरेको भन्दै जिल्लाका १३ वटा यातायात प्रालिहरूले संयुक्त रूपमा यातायात बन्द गरेका हुन् ।

उनीहरूले प्रहरीको ‘पक्षपातपूर्ण’ कारबाही तत्काल बन्द गर्न माग गरेका छन् । निजी प्रयोजनका लागि दर्ता भएका रातो प्लेटका सवारीसाधनलाई खुला छाडेर सार्वजनिक सवारीमाथि प्रहरीले दबाब सिर्जना गर्नु अन्यायपूर्ण भएको बताए ।

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतले यातायात व्यवसायीले झगडा गरेकाले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यातायात बन्दले सुर्खेतबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी सेवा पूर्ण रूपमा प्रभावित भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x