सञ्चारकर्मी जीपी तिमल्सिनाविरुद्ध पूर्वपत्नी उषा खड्गीले दिइन् जाहेरी
काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गीले आफ्नो पूर्वपति जिपी तिमल्सिनाविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।
उनले आज जिल्ला प्रहरी परिसर भक्तपुरमा पुगेर जाहेरी दिएकी हुन् ।
खड्कीले केही दिनअघि सामाजिक सञ्जालमा जिपिविरुद्ध आक्रोश पोख्दै आएकी थिइन् ।
जिपिले आफूलाई घरबाट निस्किन दबाब दिएको उनको गुनासो थियो ।
एउटै घरमा दुई तल्ला भागबण्डा गरेर बस्दै आएका उनीहरुबीच बारम्बार झगडा पर्ने गरेको जनाइएको छ । यस विषयमा २० पटकसम्म भक्तपुरको महिला सेलमा उजुरी दिए पनि समस्या समाधान नभएको उनले केही दिनअघि फेसबुकमै लेखेकी थिइन् ।
आज प्रहरीले उषाको जाहेरी लिए पनि दर्ता भने गरेको छैन । सकेसम्म उनीहरुबीच मिलापत्र गराउने प्रयासमा प्रहरी रहेको जनाइएको छ । जाहेरी आएपछि जिपिलाई बोलाएर प्रहरीले छलफल गरेको थियो, तर कुरा मिल्न नसकेपछि दुबै फर्किएका छन् ।
आवश्यक छानविनपछि जाहेरी दर्ता र पक्राउ पूर्जिको प्रक्रिया सुरु हुने प्रहरीले जनाएको छ ।
खड्कीले भने फेसबुकमा स्टाटस लेख्दै भक्तपुर प्रहरीलाई धन्यवाद दिएकी छन्।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE