प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्रीबीच छलफल
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय प्राथमकिताका विषयमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहितको छलफल गरेका छन् ।
प्रधानमन्त्री शाहले अर्थमन्त्री, राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल सुरु गरेको उनको नीजि सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भएको बताइएको छ । बैठकमा यी निकायले काम गर्दा भोगिरहेका चुनौती र सुधारका विषयमा पनि कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE