सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष आवको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान

काठमाडौं । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष आवको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ ।

गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो । वीरगन्ज भन्सार कार्यालयले वीरगन्ज हुँदै हुने आयातमा बढोत्तरी भएको जनाएको छ । चालु आर्थिक वर्षको पेटोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा वृद्धि भएको जनाइएको छ ।

जबकि गत आवको १० महिनामा भने ६ खर्ब ९२ अर्ब ४३ करोड मूल्यका वस्तु तथा सामान आयात भएको थियो । चालु आवको १० महिनामा एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने पाँच थरिका पेटोलियम पदार्थको आयात भएको छ ।

त्यसैगरी, सोही अवधिमा ६९ अर्ब ४२ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएको छ । ५७ अर्ब ६६ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ । त्यसैगरी ५५ अर्ब सात करोड मूल्य पर्ने भटमासको कच्चातेल आयात भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x