शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

विनियोजन विधेयक विभिन्न मन्त्रालय अन्तर्गतको शिर्षकहरुमाथिको छलफल असार १ बाट शुरु हुने

काठमाडौं । आगामी आर्थिक वर्षको विनियोजन विधेयकको विभिन्न मन्त्रालय अन्तर्गतको विभिन्न शीर्षकहरुमाथिको छलफल यही असार १ गतेबाट शुरु हुने भएको छ ।

प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले यही असार १ गतेदेखि ४ गतेसम्म आगामी आर्थिक वर्षको विनियोजन विधेयकको विभिन्न मन्त्रालय अन्तर्गतको विभिन्न शीर्षकहरुमाथिको छलफल गर्नका लागि समय तोकिएको घोषणा गरेका हुन् । उनले उक्त छलफलमा भाग लिने सांसदहरुले आफनो दलको पदाधिकारीमार्फत छलफल गर्ने दिन बस्ने बैठक भन्दा एक घण्टा अघि नै संसद सचिवालयमा आफनो नाम टिपाउन पनि आग्रह गरे ।

सभामुख अर्यालले भने,‘विनियोजन विधेयक २०८३ को विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीले आफनो मन्त्रालय एवं सचिवालयसँग सम्बन्धित प्रश्नहरुको उत्तरसमेत दिनका लागि यही २०८३ असार १ गतेदेखि ४ गतेसम्मको दिनहरु तोकेको छु । साथै उक्त छलफलमा दलीय प्रतिनिधित्वको आधारमा विभिन्न मन्त्रालय, सचिवालय र सो मन्त्रालय एवं सचिवालय सँग सम्बन्धित विभिन्न शीर्षक अन्तर्गतको छलफलमा भाग लिनुहुने माननीय सदस्यहरुको नाम सम्बन्धित संसदीय दलका पदाधिकारीमार्फत सम्बिन्धित मन्त्रालयको विनयोजन शीर्षकहरुमाथि छलफल हुने दिन बैठक बस्नु भन्दा एक घण्टा अगावै कार्य व्यवस्था शाखा प्रतिनिधि सभा संघीय संसद सचिवालयमा उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछु ।’

बैठकले विनियोजन विधेयक २०८३ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत पनि गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x