बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

संखुवासभा जिल्ला कारागारमा दुई कैदीको हत्या प्रकरणका प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय

काठमाडौं । संखुवासभा जिल्ला कारागारमा दुई कैदीको हत्या प्रकरणका १५ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।

जिल्ला कारागारमा २०८० साल साउन २४ गते संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो । कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अरू कैदीबन्दीले सामूहिक कुटपिट गर्दा दुई कैदीको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो । दुई कैदी हत्या प्रकरणका सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला भएको संखुवासभा जिल्ला अदालतले जनाएको छ ।

न्यायाधीश राजकुमार कोइरालाको इजलासले मलुकी अपराध संहिता, २०७४ को दफा १७१ (१) बमोजिमको कसुरमा जन्मकैदको पैmसला सुनाएको हो । सोही संहिताको १८६ बमोजिम प्रतिवादीबाट जनही ५० हजार रुपैयाँ तोलांगी र बलामीका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने ठहर गरिएको छ ।कैदी हत्या घटनामा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईलाई जन्मकैदको पैmसला भएको छ । यस्तै, चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई समेत जन्मकैदको फैसला भएको अदालतले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x