बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह कारबाहीमा

काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह कारबाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मुख्यमन्त्री शाहलाई कारबाही स्वरूप ५ सय रुपैयाँ जरिबाना तिराइएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख रेशम आचार्यसहितका प्रहरी टोली शाहको निवासमै पुगेर जरिबाना तिराएको हो । मुख्यमन्त्री शाहले हेलमेट नलाई सवारी चलाएको पाइएपछि जरिबाना तिराइएको ट्राफिक प्रहरीको चिटमा उल्लेख छ ।

यसैबीच मुख्यमन्त्री शाहले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले ट्राफिक नियम उल्लंघन गरेको स्वीकार गर्दै नियमअनुसार कारबाही गर्न स्वयं ट्राफिक प्रहरीलाई आग्रह गरेको बताएका छन् । पद वा हैसियतका आधारमा कानुन कार्यान्वयनमा कुनै भेदभाव हुन नहुने उल्लेख गर्दै ट्राफिक नियमको पालना गर्न सबै नागरिकलाई उनको आग्रह छ ।मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटकबाट शाहले हेल्मेटबिना बाइक चलाएको भिडिओ सार्वजनिक गरेका थिए ।केही समययता वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्री साँझ मोटरसाइकल चलाएको दृश्यले टिकाटिप्पणी बढेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x