बेल्जिम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश, आयोजक राष्ट्र अमेरिका ४–१ गोल अन्तरले पराजित, क्वार्टरफाइनलमा स्पेनको सामना गर्ने
काठमाडौं । बेल्जिम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आयोजक राष्ट्र अमेरिकालाई ४–१ ले पराजित गर्दै बेल्जियमले क्वार्टरफाइनल भिडन्त सुनिश्चित गरेको हो । बेल्जियमको जितमा चाल्र्स केट्लरले दुई गोल गरे ।उनले खेलको नवौँ मिनेटमा पहिलो गोल गरेका थिए । अमेरिकाका मलिक टिलिमेनले ३१ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । खेलको ३३ औँ मिनेटमा बेल्जियमका चाल्र्सले अर्को गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।
खेलको ५७ औँ मिनेटमा बेल्जियमका ह्यान्स भेनकेनले गोल गर्दै नतिजा ३–१ मा पु¥याए । दोस्रो हाफको इन्जुरी समयमा रोमेलु लुकाकुले गोल गरेसँगै बेल्जियम ४–१ ले विजयी भयो । विश्वकपमा अमेरिकाको पराजयसँगै तीनवटै आयोजक राष्ट्र बाहिरिएका छन् । यसअघि क्यानडा र मेक्सिको बाहिरिएका हुन् ।
क्वार्टरफाइनलमा बेल्जियमले अब स्पेनको सामना गर्नेछ । स्पेनल पोर्चुगललाई हराउँदै क्वाटरफाइनमा प्रवेश गरेको हो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE