सरकारलाई प्रचण्डको ध्यानाकर्षण, जनताको जिउधनको रक्षाप्रति गम्भीर बन्नुस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारसँग जनताको जिउधनको रक्षाप्रति गम्भीर बन्न आग्रह गरेका छन् । बाढी पहिरो र डुबानमा फसेकाहरूको तत्काल उद्धार र राहतका लागि योजनाबद्ध काम थाल्न अध्यक्ष प्रचण्डले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘जनताको जिउधनको रक्षाप्रति गम्भीर बन्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहतको योजनाबद्ध काम थाल्न पनि आग्रह गर्दछु ।’– उनले भनेका छन् ।
अविरल वर्षाका कारण देशभर हुन गएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै तह र निकायलाई जनतासँग हातेमालो गर्दै उद्धार र राहतको कार्यमा सहभागी बन्न निर्देशन दिएका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE