गाजामा इजरायली आक्रमणमा २६ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरूकाअनुसार गाजापट्टीमा इजरायली आक्रमणमा मङ्गलवार २६ प्यालेस्टाइनीको मृत्यु भएको छ । जबलिया शरणार्थी शिविरको अल–फलुजा क्षेत्र नजिकै इजरायली गोलाबारीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको र दक्षिणी गाजाको खान युनिस शहरको पूर्वमा रहेको एक बसोबास घरलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा कम्तीमा पनि १० जना मारिएका छन् ।
उनीहरूले मध्य गाजाको नुसेरात शिविरमा रहेको घरमा इजरायली बमबारीमा मारिएका थप पाँच जनालाई अल–अक्सा अस्पतालमा सारिएको उल्लेख गरेका छन् ।
प्यालेस्टिनी सुरक्षा स्रोतहरूकाअनुसार इजरायली ट्याङ्कहरूले जबलिया शरणार्थी शिविरलाई लगातार ११ औं दिनसम्म घेराबन्दी गर्न जारी राखेका छन् । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४२ हजार ३४४ पुगेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE