बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रवि पक्राउ गरिएको भन्दै पोखरामा रास्वपाका नेता कार्यकर्ताको नाराबाजी

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेकोमा रास्वपाका नेता÷कार्यकर्ताहरुले बिरोध जनाएका छन् । शनिवार बिहानैदेखि पोखरामा भेला भइ रास्वपाका नेता÷कार्यकर्ताहरुले बिरोध जनाएका हुन् ।

उनीहरुले बिना कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए । उनीहरले सहकारी पीडितलाई न्याय दे, मानव तस्करहरुलाई कारबाही गर, दालल माफियाहरु होशियार लगायतका प्लेकार्ड र नारा लगाइ बिरोध जनाएका हुन् ।

रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रिय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो । सभापति लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुनेछ ।

लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रवन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x