रवि लामिछानेलाई थप ७ दिन थुन्न अदालतको अनुमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ७ दिन थुनेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । कास्की जिल्ला अदालतका चन्द्रकान्त पौडेलको इजलासले बिहीबार लामिछानेलाई ७ दिन हिरासतमा राख्न दोश्रो पटक अनुमति दिएको हो ।
अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि प्रहरीले उनलाई काठमाडौँबाट पक्राउ परेर पोखरा ल्याएको थियो ।
रवि पक्राउ परेसँगै सरकारले षड्यन्त्र गरेर फसाउन खोजेको भन्दै रास्वपाका नेता कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE