बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । आगामी शुक्रवारबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘अग्निदहन’ मा महिलामाथि भएका हिंसाका घटनाहरु उठाइएको छ । सोमवार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै चलचित्रबारे जानकारी गराइएको थियो ।

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको चलचित्रले समाजमा बोक्सी छैन भन्ने सन्देश दिएको छ । बोक्सीका नाममा अझै पनि महिलामाथि हिंस भइरहेकाले बोक्सीको नाममा महिलामाथि हिंसा हुन नहुने सन्देश चलचित्रले दिएको छ ।

फिल्मका प्रश्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले बोक्सी प्रथा उन्मुलन गराउन आफूहरुले फिल्म बनाएको बताए । कलाकार तुलसी क्षेत्रीले बोक्सीको आरोप लागेका महिलालाई धामीझाँक्रीले दिने यातना साँच्चै असह्य हुने गरेको बताए । निर्देशक घनश्याम लामिछानेले आफ्नो फिल्म व्यावसायिक हिसावले नबनाएको बताए ।

चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ । लोकमणी पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x