आजको मौसम, यी ठाउँमा छ वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । हाल कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको हो ।
अहिले गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभाग लगायत बाँकी तराईका भूभागका साथै उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो पनि कोसी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ । त्यसैगरी बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षाको सम्भावना छ ।
आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाको छ। कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE