मनाङमा गयो भूकम्प, के छ अवस्था ?

काठमाडौं । आज बिहान मनाङलाई केन्द्रबिन्दु बनाए भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजे ३७ मिनेट जाँदा मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४ दशमल ७ म्याग्निच्यूडको भूकम्प गएको हो ।
यसअघि गएको मंगलबार र बुधबार बझाङ केन्द्रबिन्दु भएर लगातार दुईवटा भूकम्प गएको थियो ।
बुधबार दिउँसो ३ बजेर २ मिनेट जाँदा बझाङको धमेना केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युड र मंगलबार साँझ ५ बजेर ८ मिनेटमा बझाङकै तलकोट, रुपातोला र धमेनाबीचको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज मनाङ र हिजो तथा अस्ती बझाङमा गएका भूकम्प ०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएका भूकम्पको परकम्प होइनन् । यी तीनवटै भूकम्प नयाँ हुन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE