रवि लामिछानेकी पत्नी निकितासहितको सम्पत्ति पनि जफत गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्त पार्टी (रास्वपा)का सभापतिसमेत रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, पूर्व डीआइजी छविलाल जोशी एवम् गोरखा मिडिया नेटवर्कका सञ्चालक गितेन्द्रबाबु राईसहितका आरोपीहरु विरुद्ध आज मुद्धा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आइतबार ४४ जनालाई प्रतिवादी बनाउँदै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको पनि अभियोग दाबी गर्दै मुद्दा दायर गरेको हो ।
मुद्दामा कसुरको सम्पत्ति जफत प्रयोजनका लागि रवि लामिछाने पत्नी निकिता पौडेलसहित पाँच जनालाई पनि प्रतिवादी बनाइएको छ ।
जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकामा छविलाल जोशीकी पत्नी पदमा बन्जाडे र छोरा रोचक जोशी तथा जीबी राई निकट मानिएकी लिला पछाईँ र उनकी आमा राधा पछाईँ छन् । उनीहरुलाई कसुरको सम्पत्ति पुगेको व्यक्तिको रुपमा त्यही सम्पत्ति जफतका लागि मात्र प्रतिवादी बनाइएको हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE