शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

पत्रकारिता सरकारलाई खबरदारी गर्न नरोकिने आन्दोलन होः जनार्दन शर्मा

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पत्रकारिताले सरकारलाई सही बाटोमा लैजान खबरदारी गरेको बताएका छन् । सोमवार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पत्रकारिता एक नरोकिने आन्दोलन भएको बताएका हुन् ।

उनले पत्रकार महासंघले ६५ वर्षको इतिहासमा जनतालाई सुसूचित र अभिव्यक्ति स्वतन्त्रताको बिस्तार लागि महत्वपूर्ण भुमिका खेलेको बताए । उनले पत्रकारिता क्षेत्रले समाज र लोकतन्त्रलाई गति दिएको बताए । पत्रकारिताले समाजको आत्माको रुपमा काम गरेको उनको भनाइ छ ।

उनले भने, ‘६५ वर्षको इतिहासमा पत्रकार महासंघले जनतालाई सुसूचित र अभिव्यक्ति स्वतन्त्रताको बिस्तार मात्र होइन सूचना तथा सञ्चार संप्रेषणले स्थान पनि भएको छ । यो महत्वपूर्ण कुरा हो । पत्रकार जगतले समाजमा उत्पन्न भएका विभिन्न घटनाबारे जनतालाई सुसूचित गरेको छ । सरकारलाई सही बाटोमा लाग्नको लागि खबरदारी गरेको छ । यो एउटा नरोकिने निरन्तर आन्दोलन हो जस्तो लाग्छ मलाई । लोकतन्त्रको रक्षाका लागि समेत यो एउटा नरोकिने आन्दोलन हो । यो निरन्तर चलिरहन्छ । यहाँहरुले यो आन्दोलनको लागि खेल्नुभएको भूमिकाप्रति आभार पनि दिन चाहान्छु । पत्रकारिताले समाज र लोकतन्त्रलाई गति दिएको छ ।समाजको आत्माको रुपमा काम गरेको छ ।’

उनले सञ्चार क्षेत्रलाई आग्रह र पूर्वाग्रहमा हेर्नु वा आफ्नो स्वार्थमा प्रयोग गर्नु सञ्चार प्रतिको इमानदारिता नभएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x