अंग्रेजी नयाँ वर्षदेखि यी मोबाइलमा चल्ने छैनन् फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम

काठमाडौं । मेटा कम्पनीले सन् २०२५ को सुरुवातसँगै २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा एकसाथ सामाखजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम नचल्ने जनाएको छ । मेटा २०२५ जनवरी १ देखि नै सामाजिक सञ्जालहरु नचल्ने बनाउन लागेको हो ।
ह्वाट्सएप र फेसबुकको मूल कम्पनी मेटाले आफ्ना एपको सुरक्षाका निम्ति भन्दै २० भन्दा बढी मोडलका एन्ड्रोइड र आइफोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम बन्द गर्न लागेको टाइम्स अफ इण्डियाले जनाएको छ ।
मेटाले दिएको सूचनाको हवाला दिँदै उल्लेख गरिएको समाचार अनुसार १० वर्षभन्दा पुराना मोडलका सबै प्रकारका मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैन ।
मेटाले सामसङ ग्यालेक्सीका एस ३, ग्यालेक्सी नोट २, ग्यालेक्सी एसीई ३ र ग्यालेक्सी एस ४ मिनि, मोटोरोला कम्पनीका माटो जी (फस्ट जेन), राजर एचडी र मोटो ई २०१४, एचटीसी कम्पनीका वान एक्स, वान एक्स प्लस, डिजाइर ५०० र डिजाइर ६०१ मा उल्लेखित सामाजिक सञ्जाल नचल्ने बनाउन लागेको जानकारी दिएको छ ।
त्यसैगरी, एलजी कम्पनीका अप्टिमस जी, नेक्सस ४, जी २ मिनि र एल ९० तथा सोनी कम्पनीका एक्सपेरिया जेड, एक्सपेरिया एसपी, एक्सपेरिया टी र एक्सपेरिया भीमा पनि मेटा प्रमुख रहेका सामाजिक सञ्जाल जनवरी १ तारिखकै दिनबाट नचल्ने भएका छन् ।
एन्ड्रोइडको ४.१ (जेल बिन)भन्दा पहिलेका एन्ड्रोइड भर्सन रहेका सबै मोबाइल फोनमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन ।
यस्तै, आईओस १५.१ भन्दा पुराना आइओएस भर्सन भएका आइफोनमा पनि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन । जस्तै, आइफोन ५ एस, आइफोन ६ र आइफोन ६ प्लसमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चल्ने छैन ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE