वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्छः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्ने दाबी गरेका छन् । सिंहदरबारमा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले गठबन्धन नटिक्ने भन्नेकुरा हल्लामात्रै भएको बताए । उनले गठबन्धन नटिक्ने भन्ने हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताए । उनले नेकपा एमाले र नेपाली काँग्रेसले गरेको सात बुँदे सहमतिअनुसा रनै ०८४ सालको निर्वाचनसम्म यो सरकार चल्ने दाबी गरे । उनले संविधान संशोधन ०८७ पुग्छ की कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय नभएको बताए । उनले संविधानको सबैभन्दा पहिला सबल र दुर्बल पक्षको पहिचान गरी सबै राजनीतिक दलहरुसँग छलफल र समन्वय गरेर संविधान संशोधन हुने बताए ।
उनले भने, ‘यो गठबन्धन टिक्दैन भन्ने हल्ला हो । यो हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण छैन । यो गठबन्धन टिकिरहेको छ । राम्रो काम गर्नेकुरामा अघि बढेको छ । र हामी दुई पार्टी नेपाली काँग्रेस र नेकपा एमाले बीचमा बनेको सात बुँदे सहमति बमोजिम गठबन्धन रहन्छ । र सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो गठबन्धन कायम हुन्छ । संविधान संशोधन चरणवद्ध हो । ०८७ पुग्छ की कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय होइन । संविधानको सबैभन्दा पहिला सबल र दुर्बल पक्षको पहिचान गर्ने हो । त्यसको पहिचान गरेपछि सबै राजनीतिक दलहरुलाई ति विषयमा सहमति गरेर सबै राजनीतिक दलहरुका बीचमा वार्ता र संवादमार्फत संविधानका संशोधन गर्नुपर्ने अन्तरवस्तुमा सहमति गरिसकेपछि प्रक्रिया शुरु हुन्छ । १० वर्षको संविधानको अभ्यासमा देखिएका राम्रा र नराम्रा पक्षको अध्ययन गर्नुपर्छ । त्यसमा सबै राजनीतिक दलका बीचमा सहमतिको वातावरण बन्नपर्छ । के संशोधन गर्ने भन्नेमा सहमति गर्नपर्छ र मात्रै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने हो । के संशोधन गर्ने भन्नेमा हामीले दुई दलको कार्यदल बनाएर काम शुरु गरेका छौँ ।’
गृहमन्त्री लेखकले पश्चिम नेपालको भूकम्प जाजरकोट लगायतको जिल्लाहरुमा प्रभावित गरेको र डोटी इपिसेन्टर भएको तथा अछाम, बझाङ, बाजुरा, डडेलधुरालाई प्रभावित गरेको भूकम्प र पछिल्लो समयको मनसुनजन्य विपद्बाट बाढी, पहिरोबाट भएको क्षतिको आँकलन भइसकेको बताए । उनले अब त्यसलाई अर्थ मन्त्रालयमा पठाउने र अब पुनः निर्माण र पुनः स्थापनाको काम प्रारम्भ गर्ने निर्णय भएको बताए । उनले डिडिए भइसकेको ठाउँमा पुनःनिर्माणमा जुट्ने र क्षतिको विस्तृत आँकलन नभएको स्थानमा आँकलनको काम तत्काल शुरु गर्ने निर्णय भएको बताए । त्यसका लागि आवश्यक श्रोत साधनको वा बजेटको व्यवस्था अर्थ मन्त्रालयले गर्ने बताए ।
उनले भने, ‘पछिल्लो समयमा पश्चिम नेपालको भूकम्प जाजरकोट लगायतको जिल्लाहरुमा प्रभावित गरेको भूकम्प, डोटी इपिसेन्टर भएको, अछाम, बझाङ, बाजुरा, डडेलधुरालाई प्रभावित गरेको भूकम्प र पछिल्लो समयको मनसुनजन्य विपद्बाट बाढी, पहिरोबाट क्षति भएको क्षतिको आँकलन भएको छ । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सम्बन्धित निकायहरुबाट ति क्षतिहको विवरण आएको छ । त्यसलाई अर्थ मन्त्रालयमा पठाउने र अब पुनः निर्माण र पुनः स्थापनाको काम प्रारम्भ गर्ने । जुन जुन ठाउँमा डिडिए भइसकेको छ, त्यो ठाउँमा चाँडै पुनः निर्माणको कार्य प्रारम्भ गर्ने, जुन ठाउँमा क्षतिको विस्तृत आँकलन भएको छैन, त्यो ठाउँमा क्षतिको विस्तृत आँकलनको काम अब तुरुन्तै प्रारम्भ हुन्छ । त्यसका लागि आवश्यक श्रोत साधनको वा बजेटको व्यवस्था अर्थ मन्त्रालयले गर्दछ । सम्बन्धित मन्त्रालयमा अर्थ मन्त्रालयले विपद् प्राधिकरणमार्फत रकम पठाउँछ ।’
गृहमन्त्री लेखकले सम्बन्धित मन्त्रालयमा अर्थ मन्त्रालयले विपद् प्राधिकरणमार्फत रकम पठाउने बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE